ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा कार्यान्वयनमा

ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा कार्यान्वयनमा

काठमाडौं । ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७’ कार्यान्वयनमा ल्याएको हो ।

नेप्सेले २ वर्ष अघि नै ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू गरेको थियो । तर उक्त कार्यविधि व्यवहारिक नभएको भन्दै लगानीकर्ताले चासो नदेखाएपछि संशोधनका लागि बोर्डसमक्ष पेश गरेको थियो । बोर्डले संशोधन गरेको करिब एक वर्षपछि नेप्सेले कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।

मार्जिन कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो २ आर्थिक वर्षमा १०% भन्दा बढी लाभांश दिएको कम्पनीलाई ब्रोकर मार्फत मार्जिन दिन सकिने धितोपत्र बोर्डले बताएको छ ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तिमा पनि ८०% कारोबार दिनमा सेयर किनबेच भएको हुनुपर्नेछ । यसैगरी, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीलाई मात्रै मार्जिन सुविधा दिन सकिने प्रावधान छ । 

 

No comment yet. Be the first one to comment.