ग्रामीण विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्यामकुमार कटुवाल नियुक्त

ग्रामीण विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्यामकुमार कटुवाल नियुक्त

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् । वैशाख १३ गते,मंगलवार बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा वैशाख १४ गते देखि लागु हुने गरी आगामी चार वर्षकालागि नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत कटुवाललाई वैशाख १४ गते अर्थ मन्त्रालयमा माननिय अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा संस्थाका सञ्चालक समितिका अध्यक्ष धन बहादुर बरुवालले प्रमुख कार्यकारी अधिकृतको पद तथा गोपनियताको सपथ गराएका हुन् । सो अवसरमा सञ्चालक शिवहरी दंगाल, मनोज कुमार खडका, भरतराज कोइराला र बाग्मती प्रदेश कार्यालय अन्तर्गत काठमाण्डौं उपत्यका भित्रका यस संस्थाका शाखा प्रवन्धकहरुको समेत उपस्थिति रहेको थियो ।

यसअघि कटुवाल सोही संस्थामा १ वर्ष ९ महिना कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका कटुवालको बैंकिङ र लघुवित्त क्षेत्रमा करिव २८ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ । सञ्चालक समितिले उनलाई नियुक्त गरेसँगै संस्थाले नयाँ उचाइ लिने विश्वास व्यक्त गरिएको छ ।

सो अवसरमा नव नियुक्त प्रमुख कार्यकारी अधिकृत कटुवाललाई बधाई तथा शुभकामना दिए पश्चात निर्देशन दिंदै माननिय अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको समेत स्वामित्व रहेको ग्रामीण विकास लघुवित्तले विपन्न वर्गका जनताको आय आर्जन वृद्धि, स्व–रोजगार सिर्जना र गरिबी न्यूनिकरणका लागि लघुवित्त क्षेत्रमा अग्रणी भूमिका खेल्नु पर्ने बतानु हुँदै यसकालागि वित्तीय स्रोतको उचित व्यवस्थापन गर्ने सोच अगाडी बढाएको विचार व्यक्त गरे ।

 

 

No comment yet. Be the first one to comment.