लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले बुटवलमा ‘पावर पाटनर्स मिट–२०७८’ सम्पन्न गरेको छ । कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ ।

कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसेडर नेपाली चलचित्र जगतका महानायक राजेश हमाल लगायत रूपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो । 

वर्षौँदेखि लिट्मस केवलले ग्राहकहरूलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरूमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरूबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।