नेपालमा १६ कोरोना संक्रमितको मृत्यु, १० हजार २५४ जनामा संक्रमण पुष्टि

नेपालमा १६ कोरोना संक्रमितको मृत्यु, १० हजार २५४ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । २४ घण्टामा भएको २० हजार १८७ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार १६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । यो संख्या पछिल्लो चार महिना यताकै उच्च हो । यसअघि असोज २ गते १६ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

मन्त्रालयले दिएको जानकारी बमोजिम पीसीआर परीक्षणका हिसाबले हेर्दा संक्रमणदर बढेर ५६.८ प्रतिशत पुगेको छ। आज थपिएका संक्रमितमध्ये ५,३०६ जना काठमाडौं उपत्यकाका छन् । तीमध्ये काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ७२ हजार ८६२ जना सक्रिय संक्रमित छन् । यसैगरी क्वारेन्टिनमा १४९ जना क्वारेन्टिनमा रहेका छन् ।

 

 

No comment yet. Be the first one to comment.