सन नेपाल लाइफको बोनस दर सार्वजनिक, बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

सन नेपाल लाइफको बोनस दर सार्वजनिक, बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सन नेपाल लाइफका इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट पुस ३० गते स्वीकृत भएपछि बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक), बाल समृद्ध जीवन बीमालेख (बालवालिकाको सावधिक जीवन बीमा) र नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन ।

सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा ३८ रुपैयाँ, सिमिति अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा २० रुपैयाँ देखि ३० रुपैयाँ सम्म बोनस पाउनेछन् ।

यस्तै धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा बीमिले बीमा अवधि अनुसार न्युनत १८ रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

 

 

No comment yet. Be the first one to comment.