सांग्रिला डेभलपमेन्ट बैंकको राजापुरमा शाखा विस्तार

सांग्रिला डेभलपमेन्ट बैंकको राजापुरमा शाखा विस्तार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले राजापुर बजार, राजापुर नगरपालिका वडा नं. ४ बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । 

राजापुर शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०६ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत बैंकले जानकारी गराएकाे छ ।

 

No comment yet. Be the first one to comment.