बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपालीलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपालीलाई लक्षित निक्षेप खाता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । 

गैरआवासीय नेपालीहरुले यस बैंकमा यूएसडी, ईयूआर, जिबिपी,एयूडी, सिएडी तथा जेपिवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् ।

यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउनेछन् । साथै, गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्नेछन् ।  

No comment yet. Be the first one to comment.