मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दती खाताको ब्याज

मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दती खाताको ब्याज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम , न्यूनत्तम १ देखि १० वर्षसम्मको लागि जम्मा गरेको अवस्थामा एक वर्षको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

साथै त्रैमासिक रुपमा प्राप्त व्याज पुनः सोही खातामा नै जम्मा हुने र सोमासमेत मुद्दतीकै व्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने ब्यहोरा बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

 

 

No comment yet. Be the first one to comment.