Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
पर्यटन बोर्डद्धारा दीगो पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल
पर्यटन पुनःरुत्थानको लागि दातृ निकायको सहयोगमा जोड
आर्थिक पाटी संवाददाता
२०७८-०९-३०
बिचार / प्रतिक्रिया
काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ परिस्थतीमा दीगो पर्यटनका नयाँ रणनीतिकासाथ काम गर्ने विषयमा दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनːउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी)अन्र्तगत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कुटनीतिक नियोगसँगसँग छलफल आयोजना गरेको हो ।
कार्यक्रममा बोर्डले तयार पारेको नेपाल पर्यटन पुनːरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्गनिर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो ।
शुक्रवार काठमाण्डौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनन्जय रेग्मीले कोभिड १९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिँदै पछिल्लो परस्थितीमा पनि नयाँ रणनीतिका साथ काम गर्नु पर्ने अवस्था आएको बताए । ‘कोभिड १९ को कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो । तर पनि हामीले केही रचनात्मक कामहरु गर्यौ । जसमा पर्यटक खोज तथा उद्धार, आन्तरिक पर्यटन प्रवद्र्धनमा सामाजिक जागरणका कार्य,टाभल प्रोटोकल अपडेट जस्ता कार्य निरन्तर
गर्यौ ,
जसको कारण बोर्डले बेलायतमा वन्डरलस्ट अर्वाड प्राप्त गर्यो । कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थती सहज बन्ने अवस्था देखिँदैन । यद्यपी यो क्षेत्रलाई बचाई राख्न केही न कही गर्ने पर्ने अवस्था छ त्यसको लागि नयाँ साझेदार आवश्यक रहकोले सहकार्यको लागि म दातृ निकायलाई अनुरोध गर्दछु । ’डा. रेग्मीले भने । उनले एसटीअएआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना,१९ वटा हाइकिङ रुट निर्माण,१५ किलोमिटर साइकलमार्ग निर्माण,७५ किलोमिटर पदर्मागको पुनर्निर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिँदै यसले पर्यटनका लागि नयाँ प्रडक्ट समेत विकास गरेको बताए ।
परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा र्पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुर देखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब ५ हजार मिटर उचाइसम्म काम गरेको थियो ।
कार्यक्रममा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासिय प्रतिनिधी आइसोनी लावेले नेपाल पर्यटन बोर्डको शुरुवाती चरण दखि नै युएनडीपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले एसटीएलआरपी परियोजना अन्तरगत गरेका कामहरु मह्वपूर्ण रहेको बताए । कठिन समयमा कुनै पनि काम गर्न गाहे छ, त्यसमा पनि कोभिडले सबैभन्दा बढि प्रभावित क्षेत्र पर्यटनमा यस प्रकारका कार्यहरु झनै आवश्यक थियो ; त्यसैले हामीले बोर्डसँग मिलेर यो काम गर्यौं । परियोजनाले जुन लक्ष्य लिएको थियो त्यो हासिल गर्नु नै परियोजनाको उपलब्धि हो ।’ उनले भने । यस्तै उहाँले पर्यटन क्षेत्रकै विकासका लागि युएनडीपीले गण्डकी र सुदूरपश्चिम प्रदेशसँग पनि सहकार्य गरि कामहरु अगाडी बढाइएको पनि जानकारी दिए ।
कार्यक्रममा बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले पर्यटनसँग सम्बद्ध टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान),नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्स् (नाटा),होटल एशोसिएसन नेपाल (हान),नेपाल एशोसिएसन अफ राफिटिङ एजेन्सिज (नारा) र लगायतका संस्थाहरू तथा स्थानीय तहसँगको सहकार्यमा एसटीएलआरपीको माध्यमबाट अल्पकालीन रोजगारी सिर्जना मात्र नभई पर्यटकीय प्रडक्ट समेत तयार भएको उल्लेख गरे ।
उनले
यसबाट दीगो पर्यटन विकासमा मह्वपूर्ण भूमिका खेल्ने
बताए
। कार्यक्रममा युएनडीपीसँगै,वल्र्ड बैंक, आइएफसी, युएस एड, एसएनभी, युएन हेबिट्याट, नेपाल स्थित मलेसियन दुतावास लगायतका संस्थाबाट प्रतिनिधीहरू सहभागी रहनु भएको थियो ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय
राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोडिदैन ː मन्त्री मेटमणि चौधरी
चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुला
नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
ताजा अपडेट
आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबिच डिजिटल भुक्तानी सम्झौता
सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय
राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोडिदैन ː मन्त्री मेटमणि चौधरी
सानिमा बैंकले एमएसएमईका लागि आइएफसीबाट पायो २ करोड डलर ऋण
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्ड सञ्चालनमा
नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन
लघुवित्त कम्पनीहरुले बढाए नाफा, प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि
लोकप्रिय
छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र २ गतेदेखि हुने
जाचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै निगम अध्यक्ष अधिकारी
जीवन विकास लघुवित्तको नाफा सामान्य बढ्यो
समस्या देखाएर पन्छिने छुट छैन ː सहरी मन्त्री चौधरी
कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने