विदेश जाने ९२.७ प्रतिशतले वृद्धि हुँदा रेमिट्यान्स आउने दर ६.८ प्रतिशतले घट्यो

विदेश जाने ९२.७ प्रतिशतले वृद्धि हुँदा रेमिट्यान्स आउने दर ६.८ प्रतिशतले घट्यो

काठमाडौं ।  विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई रु.३८८ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षका पाँच महिनाको तथ्यांकमा उल्लेख गरेको  छ । 

 अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३१,०८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

 त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 
 

 

 

No comment yet. Be the first one to comment.