दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड : गुरुदेव कामदलाई ‘दीर्घ साधना सम्मान’

दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड : गुरुदेव कामदलाई ‘दीर्घ साधना सम्मान’

काठमाडौं । वरिष्ठ सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजना रहेको ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड’को दोस्रो संस्करणमा उनलाई शो सम्मान दिइएको हो ।

राजधानीको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गरिएको अवार्ड समारोहमा रंग पत्रकारिता सम्मान पत्रकारत्रय तुलसी गिरी, लक्ष्मण सुवेदी र विष्णु सुवेदीले पाए । सो अवसरमा नेपाली काँग्रेसकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य तथा लोक गायिका विद्या तिमल्सिनालाई पनि सम्मान दिइएको थियो । बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको लगायतले सम्मान प्रदान गरेका थिए ।

वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजित कार्यक्रममा भिडियो निर्देशक कुमार आचार्य र गायक सुरज पौडेल समेत सम्मानित भएका थिए । स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरेको अवार्ड यस वर्ष पनि निरन्तरता दिएको अवार्डका अध्यक्ष गणेश सुवेदीले बताए ।

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्ड समारोहमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीत साथै साहित्यका विद्यामा पनि अवार्ड प्रदान गरिएको थियो । यसपालिको अवार्डमा साहित्यलाई पनि समावेश गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताइन् ।

यस्तो छ अवार्ड पाउनेको सूची

वर्ष गीतकारको अवार्ड : विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय

साहित्य

माइत जाने बाटो कविता सङ्ग्रह – सुनिता गिरी
प्रतिघात उपन्यास – रोशन पोखरेल

राष्ट्रिय गीत गायन, तिमी हिँडे बाटो बन्छ– शिशिर योगी
राष्ट्रिय गीत रचना, स्वदेशमै रोजगारी स्वदेशमै बास – केपी शर्मा ओली
राष्ट्रिय गीत रचना पपुलर, नझुकुन हाम्रा शिरहरू – उत्तम केसी
राष्ट्रिय गीत सङ्गीतकार, स्वदेशमै रोजगारी स्वेदश मै बास – शान्तिराम राई 

बालगीत गायन, म हुँ नेपाली – सफलता श्रेष्ठ

पपगीत गायन, बोल्दैन माटो – डेबिड शंकर
कान्छी आइलभयु –तारावीर पाण्डे (जुरी)
मन पराउँछु – नन्द गुरुङ (इनकरेजमेन्ट)

आधुनिक गीत गायिका,  पार्यो माया जालैमा – मञ्जु थापा
आधुनिक गीत गायक, घुर घुर – युवराज चौलागाईं 
आधुनिक गीत गायक, मायाको खेल – मोहन राई, (पब्लिक च्वाइस)  
आधुनिक गीत सङ्गीतकार, कस्तूरी प्रह्लाद बोगटी 
आधुनिक गीत गीतकार, कति माया गर्छौ – अम्बिका गुरुङ
आधुनिक गीत गीतकार, पैसा कै लागि – पुरुषोत्तम बस्नेत (जुरी)
आधुनिक गीत युगल गायन, कस्तरी – सुमन केसी/प्रविशा अधिकारी
आधुनिक गीत सङ्गीत संयोजन, – घुरघुर – रिकेश गुरुङ
आधुनिक गीत मोडल पुरुष, पार्यो माया जालैमा – पुष्प खडका
आधुनिक गीत मोडल महिला, कस्तूरी – सुशीला थापा
आधुनिक गीत नृत्य निर्देशक, पार्यो माया जालैमा – सुरेन्द्र बसेल
आधुनिक गीत नृत्य निर्देशक, पूर्वदेखि पश्चिमसम्म – कृष्ण रसाल (पपुलर)
आधुनिक गीत निर्देशक, कति माया गर्छौ – शान थापा
आधुनिक गीत सम्पादन, टारी खेत – राजेश कुमार
आधुनिक गीत छायाँकन, पानी बादलु – अर्जुन तिवारी
आधुनिक गीत नव गायक, गल्ती के भो ? – मनोज केसी
आधुनिक गीत नव गायक, घुम्तीमा रेल – नवराज कलौनी (इन्करेजमेन्ट)
आधुनिक गीत नव गायिका, चाहन्थे म तिमीलाई – सब्बु केसी
आधुनिक गीत नव गायिका, नेपालकै नमुना – टिका भण्डारी (जुरी)
लोक आधुनिक, डाँडाघरे साइली, स्वररुपराज आचार्य÷लक्ष्मी मल्ल
लोक आधुनिक, बुट्टेचोली – सुमन राई
लोक आधुनिक शब्द, बुट्टेचोली – रामशोभा राई
लोक आधुनिक सङ्गीत, घिन्ताङ घिन्ताङ मादलु – योगेशकाजी
लोकदोहोरी शब्द, पानी पाएपछि – सामना शाह
लोकदोहोरी लय, फुर्के रिवन – ध्रुव विश्को
लोकदोहोरी लय, चस्मा – सुरेश शाही (जुरी)
लोकदोहोरी गायक, मैना – रामचन्द्र चन्द
लोकदोहोरी गायिका, घैया मकै – काव्य आचार्य
लोकदोहोरी मोडल पुरुष, लायौ मोहनी – रमेशचन्द्र सोडारी
लोकदोहोरी मोडल महिला, लुम्ले काडैमा – अनु पराजुली
लोकदोहोरी निर्देशक, झुम्का झलक्कै – गम्भिर विष्ट
लोकदोहोरी छायाँकन, मन परेको मान्छे – राजेश घिमिरे
लोकदोहोरी सम्पादन, दोहोरीको राजा – निशान घिमिरे
लोकदोहोरी नव गायक, नौतुनाको रेल – रेशम निर्दोष
लोकदोहोरी नवगायिका, लुकी लुकी – कञ्चन परियार
लोकदोहोरी नव मोडल महिला, लाजले छोपेको – जिसु कोइराला
लोकदोहोरी नव मोडल पुरुष, अब बाँकी – अर्जुन कुँवर
लोकदोहोरी नव मोडल, दिप्सन केसी – मैना

 

 

No comment yet. Be the first one to comment.