एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को जन्मोत्सवका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न

एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को जन्मोत्सवका अवसरमा  विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न
काठमाडौं । एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतिलाल दुगड़को ७५ औं जन्मोत्सव विभिन्न रचनात्मक कार्यक्रम गरी मनाइएको छ ।
 
जन्मोत्सवका अवसरमा देशैभर रहेको शाखाहरुमा आयोजना गरिएको वृहद रक्तदान कार्यक्रमबाट ६६६ युनिट रगत संकलन गरिएको ग्रुपका पिआर प्रमुख विमला थापाले जानकारी दिइन । पौष २३ मा सम्पन्न प्रथम चरणको कार्यक्रममा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया, २७३५ वृक्षारोपण, ६४ जना वृद्धाहरुलाई खाना, २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको छात्रवृत्ति घोषणा गरिएको छ ।
 
ग्रुपका विभिन्न डिपार्टमेन्टल हेडहरुको बैठकले जन्म वर्षको नाममा कुनै पनि पार्टी, भोज भतेर, अनावश्यक जमघट, भेला जस्ता अनुत्पादनशिलको आडम्बरी कार्य नगरी रचनात्मक तरिकाले वर्ष भरी नै मनाउने निश्कर्ष निकालेको थियो ।