Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
नेपालमा लगानी भित्र्याउन गैरआवासिय नेपाली सङ्घलाई कांग्रेस नेता सिटौलाको आग्रह
आर्थिक पाटी संवाददाता
२०७८-०९-३
बिचार / प्रतिक्रिया
काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले संविधानमा गैरआवासिय नेपालीका ९० प्रतिशत माग सम्बोधन भएको बताएका छन्। ‘केही कमजोरी होला, तपाईँहरूको केही माग सम्बोधन नभएको होला’, सिटौलाले भने,‘त्यसमा क्रमिक रूपमा सम्बोधन हुँदै जान्छ।’
गैरआवासिय नेपाली सङ्घकी उपाध्यक्ष एवं अध्यक्षकी उम्मेदवार रबिना थापा सहितका अरू उम्मेदवार र सदस्यहरूसँग शुक्रबार काठमाडौँमा भएको छलफलमा सिटौलाले बाहिर गएर उतैको नागरिकता लिए पनि माया नेपालकै हुने बताए। ‘उताको नागरिकता लिनु तपाईँहरूको बाध्यता होला’,उनले भने,‘यताको माया स्वाभाविक हो, नेचुरल हो।’
उनले बाहिर बसेर कमाएको पैसा नेपालमै ल्याउन सुझाव दिए। नेपालमा लगानी गर्ने पर्याप्त ढोका खोलिदिएको भन्दै सिटौलाले नेपालबाट विदेश गएर उतैको नागरिकता लिए पनि संविधानले राजनीतिक बाहेक सबै अधिकार दिएको बताए। ‘त्यसकारण लगानी चाहिँ यतै ल्याउनुहोस्’,उनले भने,‘उता कमाउने यता ल्याउने।’ उनले विदेशमा बसेका नेपालीले स्वदेशमा लगानी गरे नेपालको भविष्य राम्रो हुने बताए।
एनआरएनएको विवाद आफै समाधान गर्नुहोस्
कांग्रेस नेता सिटौलाले गैरआवासिय नेपाली सङ्घको चुनावमा पार्टीबाट कोही आधिकारिक उम्मेदवार नभएको बताए। कुनै व्यक्तिको सद्भाव भए पनि त्यसलाई पार्टीको उम्मेदवार भन्न नमिल्ने उनले बताए। उनले एनआरएनए भित्रको विवाद आफै सुल्झाउन सुझाव पनि दिए। एनआरएनए छुट्टै’ संस्था भएको भन्दै सिटौलाले यसमा सकेसम्म राजनीतिक प्रभाव हुन हुँदैन भन्ने आफ्नो मान्यता रहेको सुनाए। उनले एनआरएनएको विवादमा पार्टीको हस्तक्षेपलाई निमन्त्रणा नगर्न सुझाव पनि दिए। ‘राजनीतिक प्रभाव बढ्दै जान्छ, चाहे कांग्रेस, चाहे एमाले, चाहे माओवादी, राप्रपा, साना दल जो कोही’,उनले भने,‘यसले संस्थाको एजेन्डा र गन्तव्यमा कहीँ न कहीँ ठेस लाग्छ।’
उनले बाह्य हस्तक्षेप नभित्र्याउन र संस्था भित्रको समस्या आफै समाधान गर्न सुझाव दिए। गैरआवासिय नेपालीलाई चाहिने सुविधा, सहयोग, पोलिसिका लागि नेपालका राजनीतिक दल र सरकारलाई भन्न आग्रह गर्दै सिटौलाले भने,‘तर तपाईँहरूको सङ्गठन निर्माण गर्ने कुरामा को ठिक को बेठिक भन्ने कुरामा दलहरूलाई आग्रह नगर्नुहोस्।’
उनले कांग्रेसको जनसम्पर्क समिति भए पनि गैरआवासिय नेपाली सङ्घ कुनै पनि राजनीतिक दलको सङ्गठन नभएको बताए। सङ्घमा सबै राजनीतिक आस्था विचार भएका व्यक्तिहरू हुनुहुन्छ’,सिटौलाले भने,‘यो कुनै दलको शुभेच्छुक र भातृ संस्था होइन।’
कांग्रेसको समर्थन छैन, व्यक्तिको हुन सक्छ
नेता सिटौलाले गैरआवासिय नेपाली सङ्घको आधिकारिक उम्मेदवार पार्टीले नतोक्ने बताए। आफ्नो संस्थाभित्रको उम्मेदवार तोक्ने विषय आफू मिलाउन सुझाव दिँदै सिटौलाले पार्टीले कसैलाई आधिकारिक उम्मेदवार नतोकेको बताए।
उनले पार्टीका निर्वाचित सभापति, उपसभापति, वरिष्ठ नेतालाई भेटेर आफ्नो संस्थाभित्रको उम्मेदवार आफै तोक्छौ भन्न सुझाव दिए। ‘तपाईँहरू हाम्रो शुभेच्छुक संस्था पनि होइन, भातृ संस्था पनि होइन’सिटौलाले भने,‘नेताहरूको आ आफ्नै इन्ट्रेस्ट हुनसक्छ,त्यसलाई संस्थाभित्र प्रवेश गराउनु हुँदैन, संस्थालाई स्वतन्त्र राख्नुपर्छ।’
गैरआवासिय नेपाली सङ्घकी वर्तमान उपाध्यक्ष रबिना थापाले एनआरएनएलाई स्वतन्त्र संस्थाका रूपमा चल्न दिनु पर्ने बताइन। अध्यक्षकी उम्मेदवार थापाले राजनीतिक हस्तक्षेप हुन नदिन आफूहरू लागि रहेको बताइन।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
प्रवास सम्बन्धित शीर्षकहरु
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन् बोहरा
एकीकृत समाजवादीको युरोपको संयोजकमा मोक्तान चयन
जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न
नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउन्ज
ताजा अपडेट
आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबिच डिजिटल भुक्तानी सम्झौता
सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय
राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोडिदैन ː मन्त्री मेटमणि चौधरी
सानिमा बैंकले एमएसएमईका लागि आइएफसीबाट पायो २ करोड डलर ऋण
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्ड सञ्चालनमा
नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन
लघुवित्त कम्पनीहरुले बढाए नाफा, प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि
लोकप्रिय
छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र २ गतेदेखि हुने
जाचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै निगम अध्यक्ष अधिकारी
जीवन विकास लघुवित्तको नाफा सामान्य बढ्यो
समस्या देखाएर पन्छिने छुट छैन ː सहरी मन्त्री चौधरी
कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने