कामना सेवा विकास बैंकको शाखा अब सुस्ताको देवचुली र कावासोतीमा पनि

कामना सेवा विकास बैंकको शाखा अब सुस्ताको देवचुली र कावासोतीमा पनि

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पश्चिम क्षेत्रलाई लक्षित गर्दै एकैपटक दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डामा एकै दिन दुई शाखा कार्यालयहरु उद्घाटन गरेको हो । 

सेवाग्राही ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यी दुई स्थानमा अत्याधुनिक सुविधा सम्पन्न कार्यालय खोलेको बैंकले जनाएको छ । यसले बैंकिङ सेवामा अझ सहज र छरितोपन आउनेमा आफुहरु विश्वस्त रहेको बैंकले बताएको छ । 

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङका साथै एसएमएस बैंकिङ लगायत विविध डिजिटल माध्यमहरुबाट सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएम मार्फत सेवा प्रवाह गरिरहेको छ ।

 

 

No comment yet. Be the first one to comment.