एमाले महाधिवेशन : सचिवमा गोकर्णलाई लोकप्रिय मत, भीम आचार्य र टंक कार्की पराजित

एमाले महाधिवेशन :  सचिवमा गोकर्णलाई लोकप्रिय मत, भीम आचार्य र टंक कार्की पराजित

चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

७ पदमा भएको निर्वाचनमा ९ जना उम्मेदवार रहेका थिए। परिणाम अनुसार गोकर्ण विष्टले १९७६, योगेश भट्टराईलेले १९६४, पद्यमा अर्याल र छविलाल विश्वकर्माले बराबर १८००, टोपबहादुर रायमाझीले १७०४, रघुवीर महाशेठले १५१३ र लेखराज भट्टले १७०४ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका छन्। भीम आचार्यले १३०० र टंक कार्कीले ५०० मत प्राप्त गरेका छन्। निर्वाचन आयोगले आधिकारिकरुपमा मत परिणाम भने सार्वजनिक गरिसकेको छैन। 

उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएाक छन् ।

 

 

No comment yet. Be the first one to comment.