मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंक सञ्चालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर १४ गते मंगलबार अन्तिम दिन हो ।

बैंकले मंसिर २५ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १८.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि मंसिर १५ गते बुधबारदेखि बुक क्लोज गर्ने भएको छ । जस अनुसार आज मंगलबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १७.५७ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ०.९२ प्रतिशत नगद लाभांश पाउने छन् ।

मंसिर २५ गते शनिवार होटल जल महल घारीपाटन पोखरामा विहान ९ वजे हुने सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने छ । साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ भने प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत रहेको छ ।

 

 

No comment yet. Be the first one to comment.