बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौं ।  बैंक अफ काठमाण्डू लिमिटेडले दुर्घटनाजन्य पूर्ण अशक्ततावापतको बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तता वापत रु. पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे हो । 

उक्त खातावाहक खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरेको हो ।

बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक गोपाल खत्रीलाई हस्तान्तरण गरे । 

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

 

 

No comment yet. Be the first one to comment.