स्याङ्जा र बाग्लुङमा पनि महिन्द्राको सव–डिलर

स्याङ्जा र बाग्लुङमा पनि महिन्द्राको सव–डिलर

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजुले स्याङ्जा र बाग्लुङमा पनि शाखा डिलर खुल्ला गरेको छ ।  कम्पनीले पुतलीबजार नगरपालिका – १ घुम्ती, स्याङ्जामा मंसिर ६ गते र गलकोट, बाग्लुङमा मंसिर ७, शाखा डिलर खोलेको हो ।

स्याङ्जामा रहेको ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र गलकोट, बाग्लुङको सव डिलरको उद्घाटन नगरपालिकाका प्रशासकीय अधिकृत श्री तुलबहादुर विकले गरेका हुन् । 

‘नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरु माझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने योजनाअनुसार यी थप दुई स्थानमा सब–डिलरहरु सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

 

 

No comment yet. Be the first one to comment.