सेल्सबेरीको दशैं तिहार अफरका विजेता श्रेष्ठले जिते यामाहाको फ्यासिनो

सेल्सबेरीको दशैं तिहार अफरका विजेता श्रेष्ठले जिते यामाहाको फ्यासिनो
काठमाडौं । दशैं तिहारको अवसर पारेर सेल्सबेरीले यामाहासंगको सहकार्यमा एक महिने अफर आयोजना गरेको थियो । सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो । 
 
टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभनको खरिदमा यामाहा फ्यासिनो १२५ जित्ने अवसर भएको यस अभियानको बिजेता छनौट सेल्सबेरीको प्रधान कार्यालय, सातदोबाटोमा एक समारोहका बीच गरिएको छ । उक्त योजनाको भाग्यशाली विजेताको घोषणा सेल्सबेरीका सिईओ रमेश कार्की, पोखरा प्रदेसका प्रबन्धक, दयाल गिरी, यामाहाकी मार्केटिंग म्यानेजर बिबेचना श्रेष्ठ र ब्रान्ड अफिसर भारती आचार्यको उपस्तिथिमा गरिएको थियो । 
 
यस योजनाको भाग्यसाली विजेता प्रजेश लाल श्रेष्ठ भएका छन् । साथै आगामी दिनहरुमा पनि सेल्सबेरीको अन्य अभियान तथा अफरहरुमा सहभागी भै हौसला प्रदान गरिदिनु हुन सम्पूर्ण लाई आग्रह समेत गरिएको छ । 
No comment yet. Be the first one to comment.