रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ हुने, विजेतालाई २५ लाख पुरस्कार

रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ हुने, विजेतालाई २५ लाख पुरस्कार

काठमाडौं । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ रियालिटी शो हुने भएको छ ।  भ्वाइस स्टार नेपाल प्रा.लीले निर्माण गर्ने  ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा संगीतिक क्षेत्रमा संघर्षरत गायक गायिका तथा नयाँ प्रतिभालाई स्थान दिइने छ । 

शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेतको घोषणा दर्शकले दिएको भोटका आधारमा हुने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शो च्यानलबाट प्रशारण हुने भ्वाइस स्टार नेपालका क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठले जानकारी दिएका छन् ।  

 

 

No comment yet. Be the first one to comment.