इस्लिङटन कलेजका विद्यार्थीको प्रदर्शन : सामान बिक्रीदेखि व्यवहारसम्म !

इस्लिङटन कलेजका विद्यार्थीको प्रदर्शन : सामान बिक्रीदेखि व्यवहारसम्म !

काठमाडौं । इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले अध्ययन क्रममा सिकेका र आफूले जिम्मा लिएका प्राविधिक परियोजनालाई चिनाउन एफवाईपी सोकेस प्रदर्शन गरेका छन् । विशेषगरी सूचना–प्रविधिसँग जोडिएका विषयलाई केन्द्रित गरी तयार पारिएका परियोजनाअन्तर्गत प्रदर्शनी भएको र विद्यार्थीले पाएको ज्ञान, क्षमता र  विचार विषयवस्तुलाई प्रविधिमार्फत  कार्यान्वयन गर्न कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

परियोजनाको मुख्य उद्देश्य स्वदेश वा विदेश अध्ययन गर्न र रोजगारीको अवसर सिर्जना गर्ने रहेको कलेजका प्रमुख प्राज्ञिक अधिकृत रोहित पाण्डेले बताए । उनले भने, ‘निर्धारित कोर्ष पूरा गरेपछि क्षमता अभिवृद्धिका  लागि सजिलो हुने उद्देश्यले प्रदर्शनी आयोजना गरेका हौँ । प्रर्दशनीमा विद्यार्थीले परियोजनाबारे जानकारी गराएका थिए ।’

विद्यार्थीले लेगेसि सिस्टम, एनोभेटिभ सिस्टम र हालको समस्या तत्कालै समाधान गर्ने विभिन्न विषयवस्तु समेटिएको एप्लिकेन्सन तयार गरेका थिए । विद्यार्थीले आफ्नो जिम्मेवारीमा परेको परियोजनामा प्रयोजननिम्ति तयार गरेको हस्तकलाका नेपालमै निर्मित थियो । करिब २५ स्टलमध्ये केहीमा सूचना प्रविधि र कुनैमा हस्ताकलाका सामग्री राखिएका थिए ।

विद्यार्थीले आफैँ सक्षम हुन व्यापार रणनीति विषयमा जानकारी गराएका थिए । विभिन्न देशका ग्राहकलाई कसरी सन्तुष्ट बनाउने, उत्पादन गरेको सामान बेच्न कस्तो व्यवहार गर्ने तथा दैनिक जीवनमा आइपर्ने समस्या कसरी समाधान गर्न लगायतका विषय प्रदर्शनीमा सिकाइएको थियो ।

मंगलबार सकिएको दुइदिने प्रदर्शनीमा कन्ट्याक्टलेश पेमेन्ट सिष्टम, ट्राभलबडी भर्चुअल ट्राभल गाइड, थ्रिडी प्रिन्टर लगायतका वस्तुबारे जानकारी गराइएको इस्लिङटन कलेजले जानकारी दिएको छ ।
 

 

 

No comment yet. Be the first one to comment.