अस्कर कलेजले फिल्म फेस्टिभल गर्दै

अस्कर कलेजले फिल्म फेस्टिभल गर्दै
काठमाडौं । अस्कर इन्टरनेशनल कलेजले फिल्म फेस्टिभल गर्ने भएको छ। कलेजले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिने फिल्म फेस्टिभल गर्ने भएको हो।
 
मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फेस्टिभल गर्न लागेको कलेजका प्रिन्सिपल रामराजा दाहालले जानकारी दिए। उनका अनुसार अस्कर कलेजले केही वर्ष अघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको हो।
 
कोरोना महामारीको समयमा पनि कलेजले भर्चुअल माध्यममा फेस्टिभल गरेको दाहालले जानकारी दिए। उक्त फेस्टिभलको प्रतिक्रियाले उत्साहित भएर यो साल पनि निरन्तरता दिएको उनले बताए।
 
दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइने छ। नियमित फिल्म प्रदर्शनसँगै फेस्टिभलमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्ने बताइएको छ।
No comment yet. Be the first one to comment.