Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
पिसिएल नर्सिङ र एचए गरेका नेपालीलाई कुवेतको सरकारी कार्यालयमा रोजगारीको अवसर
आर्थिक पाटी संवाददाता
२०७८-०८-५
बिचार / प्रतिक्रिया
काठमाडौँ । कुवेत स्थित एड्भान्स टेक्नीलोजी कम्पनी र त्यहाँका सरकारी स्वास्थ्य मन्त्रालयको सहकार्यमा एचए तथा पिसिएल गरेका नेपाली कामदार लिने भएको छ ।
विश्व नै कोरोना महामारीका कारण बैदेशिक रोजगारमा जाने काम ठप्प भएर निरासमा रहेकाहरुलाई खुशीको खबर बोकेर आएका ओमेगाले नेपालमै पहिलो पटक कुवेतको एड्भान्स टेक्नोलोजी कम्पनी मार्फत त्यहाँका सरकारी स्वास्थ्य संस्थामा नेपाली पुरुष तथा महिला नर्सहरुको डिमाण्ड ल्याएको छ ।
निकै कसरतपछि नेपालको इतिहासमा पहिलोपटक ७२९ जना महिला तथा पुरुष नर्स पेसाका लागि कामदारको डिमाण्ड ल्याउन सफलपछि आवश्यक छनौट प्रक्रियाका लागि तयारीमा रहेको ओमेगा इन्टरनेश्नल प्रा.लिका सञ्चालक राजकुमार राईले बताए । नेपाली अर्थतन्त्रको बलियो आधार बैदेशिक रोजगार बनिरहेको बेला ओमेगा इन्टरनेश्नल प्रा.लि.ले रोजगार प्रर्वद्धनको क्षेत्रम सहयोग पु¥याउँदै आईरहेको छ । वि.सं. २०६७∕२०७८ सालमा विधिवत रुपमा स्थापना भएर हालसम्म आईपुग्दा २० हजारभन्दा बढि व्यक्तिलाई बैदेशिक रोजगार व्यवस्थापन गरेका छन् ।
यसअघि खाडी मूलुकमा एचए र पिसिएल नर्सलाई कामदारको रुपमा एक्सेप्ट नगरेको सुनाउँदै ओमेगाका सञ्चालक राईले कुवेतका एड्भान्स टेक्नोलोजी कम्पनी र स्वास्थ्यमन्त्रालयका प्रतिनिधिबीच बराम्बर बैठक बसी नेपालमा पिसिएल र एचए अध्ययनरत नेपाली महिला तथा पुरुष कामदारका लागि ठूलो संख्यामा काम गर्ने वातावरण सिर्जना गरेको बताए । स्वास्थ्य क्षेत्रको काममा आकर्षक तलब सुविधा रहेको र लाइसेन्सको लागि नेपालमै परिक्षा हुने भएकोले कुवेत पुगेर कुनै समस्या नआउने पनि बताए ।
कम्पनीले सत प्रतिशत सुरक्षित र सफलतापूर्वक बैदेशिक रोजगारमा महिला तथा पुरुष कामदारहरुलाई रोजगारको व्यवस्थापन गरिएको छ । स्थापना कालदेखि ओमेगा ईन्टरनेश्नल प्रा.लिबाट बैदेशिक रोजगारमा जान चहानेहरुका नेपाली कामदारहरुलाई आवश्यक मापदण्ड र प्रक्रियानुसार पठाउने भएकोले हालसम्म कुनै समस्यामा नपरेको सञ्चालकहरुको दाबी छ । हाल कुवेतका सरकारी स्वास्थ्य क्षेत्र लागि ७२९ जना कामदारको माग भएको हुँदा त्यसको व्यवस्थापनमा करिव २५ जना कर्मचारी तथा सञ्चालकहरु जुटिरहेका छन् । फ्रि –भिसा समेत रहेकोे उक्त डिमाण्डमा योग्य व्यक्तिहरुले आवश्यक कागजातसहित काठमाडौँ स्थित बसुन्धारामा रहको ओमेगा इन्टरनेश्नल प्रा.लि. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
प्रवास सम्बन्धित शीर्षकहरु
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन् बोहरा
एकीकृत समाजवादीको युरोपको संयोजकमा मोक्तान चयन
जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न
नेपाली युवाले खोले बेलायतमा ताजमहल लाउन्ज
ताजा अपडेट
आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबिच डिजिटल भुक्तानी सम्झौता
सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता
नक्कली विल वनाएर नक्कली गरगहना विक्रीगर्ने गिरोह सक्रिय
राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोडिदैन ː मन्त्री मेटमणि चौधरी
सानिमा बैंकले एमएसएमईका लागि आइएफसीबाट पायो २ करोड डलर ऋण
हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्ड सञ्चालनमा
नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन
लघुवित्त कम्पनीहरुले बढाए नाफा, प्रमुख सूचकहरुमा छिमेक लघुवित्त अगाडि
लोकप्रिय
छैठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाद्र २ गतेदेखि हुने
जाचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै निगम अध्यक्ष अधिकारी
जीवन विकास लघुवित्तको नाफा सामान्य बढ्यो
समस्या देखाएर पन्छिने छुट छैन ː सहरी मन्त्री चौधरी
कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने