बीमा कम्पनीहरुले ३ अर्ब बढीको आईपीओ निष्काशन गर्दै

बीमा कम्पनीहरुले ३ अर्ब बढीको आईपीओ निष्काशन गर्दै

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुमा ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरिसकेका छन् । रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालेका छन् ।

आईपीओ निष्काशन गर्न बाँकि रहेका पाँच कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन गर्नेछ ।

नयाँ जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ ।आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरि चारवटै कम्पनीले ६० करोड रुपैयाँका दरले २ अर्ब ४० करोड रुपैयाँको आईपीओ निष्काशन गरेर बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्ने तयारीमा रहेका छन् ।

हाल यी चारवटै कम्पनीहरुको संस्थापकहरुबाट एक अर्ब ४० करोड रुपैयाँ पूँजी चुक्ता पुर्याइसकेका छन् । प्रत्येक कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ जारी गर्दा सबै कम्पनीहरुको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार दुई अर्ब कायम हुनेछ ।

 

No comment yet. Be the first one to comment.