सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

बैंकले कात्तिक १६ गते, लैनचौर ब्याङक्वेट, लैनचौरमा सत्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बाँकी अवधिको लागि सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 

 

No comment yet. Be the first one to comment.