आइकनिक जिप र्यांकग्लर नेपालमा सार्वजनिक

आइकनिक जिप र्यांकग्लर नेपालमा सार्वजनिक

काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आइकनिक अफरोडिङ एसयुभी जिप र्‍यांग्लर नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नक्सालस्थित जिप सोरुममा आयोजित लन्च इभेन्टमा जिप र्‍यांग्लरलाई सार्वजनिक गरेका हुन् ।

विश्वमै सबैभन्दा चिनिएको जिप र्‍यांग्लर नेपालमा टु-डोर र फोर-डोर दुवैमा आउँछ । टु-डोर र्‍यांग्लर रुबिकन टि्रममा उपलब्ध छ भने ‘र्‍यांग्लर अनलिमिटेड’ पनि भनिने र्‍यांग्लर फोर-डोर रुबिकन र सहारा गरी दुई टि्रममा उपलब्ध छ ।

‘अमेरिकी इतिहाससँग जोडिएको गाडी नेपालमा आउनु हाम्रो लागि गौरवको विषय हो,’कार्यक्रममा राजदूत र्‍यान्डी बेरीले भने, ‘भविष्यमा पनि नेपाल-संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा लगानीको सम्बन्ध अझ बढी प्रगाढ हुने अपेक्षा हामीले लिएका छौं ।’

त्यसैगरी, एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले नेपालमा र्‍यांग्लर ल्याउन सक्नु ठूलो उपलब्ध भएको बताए । ‘जिप र्‍यांग्लर सबैभन्दा आइकनिक मोडेल हो जसले जिपको ८० वर्ष लामो सम्पदालाई विस्तार गरिरहेको छ ।’