नेपाल बङ्गलादेश बैंकले गर्यो लाभांश घोषणा

नेपाल बङ्गलादेश बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
 
बैंक सञ्चालक समितिको आज बिहान बसेको ३७५ औं बैठकले लाभांश प्रस्ताव गरेको हो ।
 
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीका १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
 
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।
 
No comment yet. Be the first one to comment.