बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले SRL डाईग्नोष्टिक (नेपाल)मा १०% छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले SRL डाईग्नोष्टिक (नेपाल)मा १०% छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र SRL डाईग्नोष्टिक (नेपाल) प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले SRL डाईग्नोष्टिक (नेपाल) प्रा. लि.ले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% सम्म छुट पाउनुहुनेछ ।

SRL डाईग्नोष्टिक (नेपाल) प्रा.लि. ले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

No comment yet. Be the first one to comment.