परमिताको स्वरमा ‘मायाको भूल’ सार्वजनिक

परमिताको स्वरमा ‘मायाको भूल’ सार्वजनिक
काठमाडौं । नायिका परमिता आर एल रानाको गायिकाको परिचय पनि छ । परमिताले ‘क्विन’ नामक एल्बम केही बर्ष अगाडि सार्वजनिक गरेकी थिइन् । यही एल्बममा समावेश ‘मायाको भूल’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।
 
यो गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ । गीतले प्रेममा धोका पाएपछि एक यूवतीले व्यक्त गरेको भावनालाई बोलेको छ । गीतको भिडियोलाई निक्कै नै स्टाइलिस्ट तरिकाले निर्माण गरिएको छ । भिडियोमा परमिता आफै देखिएकी छिन् । साथमा मोडलद्धय करुणा श्रेष्ठ र आशिष केसीलाई पनि भिडियोमा हेर्न सकिन्छ ।
 
यो गीतको भिडियोमा सम्पादन, भीएफएक्स तथा निर्देशन जेम्स लामाको छ । नेपालमा बनिरहेका भिडियो भन्दा विल्कुलै नयाँ सोच र मेकिङमा यो भिडियो निर्माण भएको छ ।
 
 
 
No comment yet. Be the first one to comment.