शिल्पाको ‘हंगामा २’ को रिलिज २३ जुलाई मै

शिल्पाको ‘हंगामा २’ को रिलिज २३ जुलाई मै

अभिनेत्री शिल्पा शेट्टी १४ वर्षपछि ‘हंगामा २’ मार्फत फिल्म अभिनयमा फर्किएकी छन् । फिल्म २३ जुलाई अर्थात शुक्रबार डिज्नी प्लस र हटस्टारबाट रिलिज हुदैछ । कमब्याप फिल्म रिलिजको केही दिन पहिले शिल्पामा श्रीमान् राज कुन्द्रा अश्लिल भिडियो निर्माणको आरोपमा पक्राउ परेका छन् । यसैबीच राज कुन्द्राको यो घटनाका कारण शिल्पाको कमब्याकपछि यो फिल्मको रिलिज स्थगित हुनसक्छ भन्ने समाचार बाहिर आएको थियो । तर फिल्मका निर्माता रतन जैनले फिल्मको रिलिज नरोकिने बताएका छन् ।

हालै एक मिडियासँगको कुराकानीमा निर्माता जैनले भनेका छन् ‘राज कुन्द्राको केससँग ‘हंगामा २’ को के सम्बन्ध छ र ?’ शिल्पाको श्रीमानलाई आरोप लागेको हो, शिल्पालाई होइन ।’ शिल्पा फिल्मको एक कलाकार मात्र भएको र उनले फिल्मको प्रमोसन बाहेकको सबै काम पुरा गरेको जैनले बताए ।

‘शिल्पाको नाम जबर्जस्त राज कुन्द्राको केसमा जोडिएको हो । उनको त्यसमा केही सम्बन्ध छैन’ जैनले भने, ‘मैले एक राम्रो फिल्म बनाएको छु । मानिस फिल्म कन्ट्रोवर्सीका कारण होइन कन्टेन्टका कारण हेर्नेछन् ।’ ‘हंगामा २’ २००३ मा आएको फिल्म ‘हंगामा’ को सिक्वेल हो । यो फिल्ममा अफताव शिवदासनी, अक्षय खन्ना र रिमी सेनको मुख्य भूमिका रहेको थियो । प्रियदर्शनको निर्देशन रहेको ‘हंगामा २’ मा शिल्पा शेट्टी, परेश रावल, मिजान जाफरी र प्रनिता सुभाषको मुख्य भूमिका रहेको छ । आशुतोष राणा, राजपाल यादव र जोनी लिवर समेतले फिल्ममा हसाउने छन् ।

 

 

No comment yet. Be the first one to comment.