पौने ३२ अर्बको निर्जीवन बीमा व्यवसायमा शिखरको अग्रता कायमै, हिस्सा साढे १२ प्रतिशत

पौने ३२ अर्बको निर्जीवन बीमा व्यवसायमा शिखरको अग्रता कायमै, हिस्सा साढे १२ प्रतिशत

काठमाडौं ।  गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका २० जीवन बीमा कम्पनीहरुबाट उक्त बीमाशुल्क संकलन भएको हो ।

यस अवधिमा शिखर इन्सयोरेन्सले सबैभन्दा धेरै ३.९७ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो समग्र जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको १२.५२ प्रतिशत हो ।

यसैगरी शिखर इन्स्योरेन्सपछि सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी इन्स्योरेन्सले २ अर्बभन्दा धेरै बीमशुल्क संकलन गरेका छन् । यी कम्पनी सबैभन्दा धेरैबीमाशुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनीहरुको क्रमशः दोस्रो र तेस्रो चौथो र पाँचौं स्थानमा रहेका छन् ।

समीक्षा अवधिमा सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा कम ०.६५ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जनरल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन एक अर्बभन्दा कम रहेको छ ।

 

 

No comment yet. Be the first one to comment.