प्रभु बैंकले कान्तिपुर डेण्टललाई आर्थिक सयोग गर्ने

प्रभु बैंकले कान्तिपुर डेण्टललाई आर्थिक सयोग गर्ने

काठमाडौं । प्रभु बैंकले काठमाडौको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सीएसआर फण्ड बापतको रकमबाट हस्पिटलको  अत्यावश्यक तथा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको खरिद गर्न तथा आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचारर्थ उक्त आर्थिक सहयोग गर्ने भएको हो ।

मंगलबार आर्थिक सहयोग सम्बन्धमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ बीच सम्झौता भएको छ । 

प्रभु बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालले जनाएको छ । 

यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न पाउनेमा बैंकले विश्वास व्यक्त गरेको छ । साथै, प्रभु बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने समेत जानकारी दिएको छ ।

यद्यपि, बैंकले डेन्टल हस्पिटललाई कति आर्थिक सहयोग गर्ने हो सो भने खुलाइएको छैन ।
 

 

 

No comment yet. Be the first one to comment.