नेपालकै ठूलो पब्जी प्रतियोगिता सम्पन्न, ३ टिमलाई टीभीएस स्कुटर

नेपालकै ठूलो पब्जी प्रतियोगिता सम्पन्न, ३ टिमलाई टीभीएस स्कुटर

काठमाडौं । जीजीसीओको आयोजनामा सुरु भएको एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । टीभीएस एनटर्क सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित ४५ दिन लामो ईस्पोटर्स प्रतियोगिता मंगलबार सकिएको हो ।

प्रतियोगितामा देशभरका ६६० भन्दा बढी टोलीले प्रतिस्पर्धा गरेका थिए । जगदम्बा मोटर्स – टीभीएसले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएको थियो ।