‘नेपाल आइडल-४’ सुरु हुँदै

‘नेपाल आइडल-४’ सुरु हुँदै

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिएको र कोरोना महामारी पनि रहेकाले चौथो सिजन सुरु गर्न ढिलाई भएको हो ।

‘उताबाट अनुमति पाउन साथ चौथो सिजन शुरु गर्छौ । सन् २०२१ भित्र नै शोको छायांकन सुरु गरिसक्छौं’, पौडेलले भने । चौथो सिजनमा भने यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायकहरु परिवर्तन हुने पौडेलको भनाई छ । ‘निर्णायकहरु अन्य देशमा पनि परिवर्तन भईरहेका हुन्छन् । उहाँहरुसँगको सम्झौता पनि तिन वर्षकै थियो । उहाँहरु पनि बाहिरी कार्यक्रममा व्यस्त हुनुभयो’, पौडेलले अगाडि भने–‘सांगीतिक क्षेत्रमा स्थापित थुप्रैको सूची तयार छ । निर्णायक को हुने भन्ने फाइनल भएको छैन ।’

यसअघिका तीनै सिजनका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए ।

 

No comment yet. Be the first one to comment.