सिभिल बैंकले ल्यायो वाणिज्य बैंकमध्येकै सर्वाधिक व्याज पाइने दुई बचत योजना

सिभिल बैंकले ल्यायो वाणिज्य बैंकमध्येकै सर्वाधिक व्याज पाइने दुई बचत योजना

काठमाडौं । सिभिल बैंकले नयाँ आर्थिक वर्षको पहिलो दिन नै दुई बचत योजना सार्वजनिक गरेको छ । बैंकले आज(साउन १ गते) भर्च्युअल माध्यमबाट ‘सुपर प्रिमियम सेभिङ्ग खाता’ र ‘खुत्रुके खाता’ नामक दुई बचत योजना सार्वजनिक गरेको हो ।

जसमा वाणिज्य बैंकमध्येकै सर्वाधिक व्याज दिने बैंकले जनाएको छ । कम्पनीकाे डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका प्रमुख भोलाबहादुर विष्टले यी खातामा वाणिज्य बैंकहरु मध्येकै बचतमा सर्वाधिक पाइने बताएका हुन् ।

यी दुईमध्ये सबैभन्दा बढी व्याजदर भने खुत्रुके खातामा पाइने छ । बैंकले सुपर प्रिमियम सेभिङ्ग खातामा ६.०१ प्रतिशत व्याजदर ताकेको छ भने खुत्रुके खातामा ७.०१ प्रतिशत व्याजदर तोकेको छ । यससँगै इच्छुकले यो साउन महिनाभरिमा खाता खोल्न सक्नेछन् । जसमा साउनसम्म स्थिर ब्याजदर पाइने छ भने त्यसपछि भने परिस्थिति हेरेर निर्धारण गरिने बैंकले जनाएको छ ।

सुपर प्रिमियम सेभिङ्ग खाता र यसका विशेषता

सुपर प्रिमियम सेभिङ्ग खातामा न्युनतम २५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ । यसमा वार्षिक ६.०१ प्रतिशत व्याजदर पाइने छ । जुन हालसम्मकै सर्वाधिक व्याजदर हो । यो खाता १८ वर्ष पुरा भई ५८ वर्ष उमेर समूहका जो कोहिले पनि सजिलै खोल्न सक्ने छन् । यसमा निःशुल्क चेक बुक, निःशुल्क डेबिट कार्ड, निःशुल्क ईन्टरनेट बैंकिङ्ग, निःशुल्क एसएमस तथा मोबाईल बैंकिङ्ग सेवा पाइने छ ।

साथै, बैंकले मेटलाईफसँगको सहकार्यमा ६ वटा घातक रोगको निःशुल्क बीमा गरिदिने भएको छ । घातक रोगहरु जस्तै मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज रहेको कम्पनीले जनाएको छ ।

खुत्रुके खाता र यसका विशेषता

यो खातामा न्युनतम पहिलो मौज्दात ५ सय रुपैयाँ र अधिकतम जति पनि रकम जम्मा गर्न सकिने छ । यो खातामा प्रिमियम बचत खाताको थप एक प्रतिशत अर्थात ७.०१ प्रतिशत व्याज पाइने छ ।

यो खातामा जुनसुकै समयमा रकम जम्मा गर्न सकिने छ । अर्थात, यो खातामा हरेक महिना वा महिनाको धेरै पटक पनि रकम जम्मा गर्न सकिने छ ।

विभिन्न आर्कषक विशेषता रहेको यस खाता मार्फत ग्राहकले विशेष परिस्थितिमा संचित रकमको ७० प्रतिशतसम्म कर्जा सुविधा पाउने छन् । कर्जाको व्याजदर सिभिल खुत्रुके खाता योजनामा प्रदान गरिएको व्याजदरमा थप २ प्रतिशत तोकिएको छ ।

 

 

No comment yet. Be the first one to comment.