हालसम्मकै सस्तो एसयूभी कार ‘रेनो किइगर’ सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

हालसम्मकै सस्तो एसयूभी कार ‘रेनो किइगर’ सार्वजनिक, यस्तो छ विशेषता र मूल्य
काठमाडौं । बिहीबार रेनोको नयाँ एसयुभी रेनो किइगर सार्वजनिक भएको छ । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले एक भर्चुअल कार्यक्रममार्फत रेनो किइगर सार्वजनिक गरेको हो ।
 
१.० न्याचुअर्ली अस्प्राइड इनर्जी इन्जिनमा आकर्षक लुक्स र पर्फमेन्ससहितको रेनो किइगर न्यूनतम बजार मूल्य २८ लाख ४९ हजार रहेको छ । नेपाली अटो बजारमा हालसम्मकै सस्तो एसयूभी कारकारुपमा रेनो किइगर लाई हेरिएको छ । 
 
किइगर भर्सनमा चार मोडलहरु उपलब्ध रहेकोमा कम्पनीले क्लासवाईज आरएक्सई मोडलको पहिलो मूल्य २८ लाख ४९ हजार तोकेको छ भने आरएक्सएल २९ लाख ९९ हजार देखि ३१ लाख ६९ हजार, आरएक्सटी ३२ लाख ९९ हजार देखि ३४ लाख ६९ हजार र आरएक्सजेट ३५ लाख ९९ हजारदेखि ३७ लाख ६९ हजार तोकिएको जनाएको छ ।