मित्र काफ्लेलाई क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारबाट ‘सिटिजन्स अवार्ड’

मित्र काफ्लेलाई क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारबाट ‘सिटिजन्स अवार्ड’

क्यानडाको ब्राम्टनमा बस्दै आएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’बाट सम्मानित भएका छन् । स्थानीय सरकारबाट हरेक बर्ष प्रदान गरिने यो अवार्ड अन्तरगत यो बर्ष कोभिड(१९ को बखतका उत्कृष्ट नागरिकहरु बिधा थप गरिएको थियो । काफ्लेले सोही अवार्ड प्राप्त गरेका हुन् ।

सिटी अफ ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले उक्त अवार्ड प्रदान गरेका थिए । सिटिजन अवार्ड अन्तरगतको यो विधाको अवार्ड काफ्लेसहित ७ जनाले प्राप्त गरेका छन् । अल्भिन लाउरडेस, अमनप्रित ब्रअर, अमिक सिंह, गिल डन, जेसिका बार र सर्भान्ती राजहले यो अवार्ड प्राप्त गरेका छन् । बर्ष नागरिक, कला, खेलकुद, आपतकालिन सेवा, प्रेरणादयी, दीर्घकालिन सेवा लगायतका विधामा अवार्ड प्रदान गरिएको सिटी अफ ब्राम्टनले जनाएको छ ।

सन् १९७४ देखि नै सिटी अफ ब्राम्टनले समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएका उत्कृष्ट नागरिकहरुलाई यी अवार्डहरुमार्फत सम्मान गर्दै आएको छ । समुदायका नागरिकहरुले विभिन्न क्षेत्रमा गरेको उपलब्धीको सम्मान स्वरुप यो अवार्ड प्रदान गरिदै आएको हो ।

यो अवार्डको छनौट कमिटिमा विभिन्न विधाका विज्ञहरु, समुदायका सदस्यहरु, निर्वाचित स्थानीय जनप्रतिनिधिहरु, ब्राम्टनको फायर एण्ड इमर्जेन्सी सर्भिस, स्वंसेवक एमबीसी, ब्राम्टन स्पोटर्सस एलायन्स, ब्राम्टन सिनियर काउन्सिल र पिल रिजनल पुलिस रहदै आएको छ । सिटी अफ ब्राम्प्टन झण्डै ६ लाख जनसंख्या भएको क्यानडाको ओन्टारियो ग्रेटर टोरन्टो क्षेत्रको सिटी हो ।

 

No comment yet. Be the first one to comment.