नेपाल पुनर्बीमा कम्पनीको लाभांश प्रस्ताव

नेपाल पुनर्बीमा कम्पनीको लाभांश प्रस्ताव
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
 
कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्बको १६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपश्चात सो लाभांश वितरण गरिनेछ ।
 
असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
 
No comment yet. Be the first one to comment.