निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवागर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ । 
 
निम्बसको प्रबन्धनिर्देशक आनन्दबगरिया भन्छन्,“आफ्नो ज्यानजोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुने सबैजनाप्रतिहामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।”
 
उच्च गुणस्तरको प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो–टेक निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो । 
 
निम्बसको यस स्वास्थ्य सामाग्री बाँढ्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपालप्रहरी, एफएनसीसीआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेका छन् । 
 
‘नेपाल अहिलेको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा धेरै जना अग्रपंक्तिमा रहेर यस संकटबाट हामीलाई बाहिर निकाल्न प्रयासरत हुनुहुन्छ । तर वहाँहरु नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहनुभएको छ । यी अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामाग्रीहरु नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोग गरिरहेको छ । यस सेवाभाव देखाउनुभएकोमा निम्बस परिवारलाई हामी हृदय देखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौं । ’ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छा भने ।
 
 
No comment yet. Be the first one to comment.