हिसिला यमीले ट्विटरमा भगवान शिव र गौतम बुद्ध विरुद्ध अभद्र टिप्पणी गरेको भन्दै कारबाहीको माग

हिसिला यमीले ट्विटरमा भगवान शिव र गौतम बुद्ध विरुद्ध अभद्र टिप्पणी गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेतृ हिसिला यमीले ट्विटर ह्यान्डलमार्फत भगवान शिव एवं गौतम बुद्ध विरुद्ध अभद्र टिप्पणी गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले कानूनी कारबाही गर्न माग गरेको छ ।

 

उनले हालै सामाजिक सञ्जाल ट्विटरमार्फत दिएको अभिव्यक्तिप्रति विश्व हिन्दू परिषदको गम्भिर ध्यानाकर्षण भएको र मन्त्री जस्तो गरिमामय पदमा आसन्न भैसकेको व्यक्तिले गरेको घृणित कार्य गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले कडा निन्दा गरेको हो ।

 

पूर्व भौतिक योजना, पर्यटन तथा भूमी सुधार मन्त्री यमीले यहि जेष्ठ २८ गते उज्जल थापाको ट्विटर स्ट्याटसलाई रिट्विट गर्दै “जस्ले शिव र बुद्धलाई पुज्दै छ तिनीहरूलाई जाबो कोरोनाले मार्दै छ: पुजा भन्दा भुजा चाहिएको छ!” भनेर लेखेकी थिईन् ।

 

‘विदेशी विधर्मी शक्तिहरूद्वारा सञ्चालित व्यक्ति तथा संगठनहरुले पटक–पटक सनातन धर्माबलम्बीहरुको आस्थासँग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रले उजागर गरेकै छ । त्यस्ता असमाजिक तत्वहरुको समय मै कानुनी कारवाही हुन नसक्दा उनीहरुको मनोवल झनै बढेको देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ ।

 

भगवान शिव एवं भगवान गौतम बुद्ध बारे अभद्र टिप्पणी गर्ने विरुद्ध यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष परिषदले माग गरेको छ ।

 

No comment yet. Be the first one to comment.