मिर्मिरे लघुवित्तका नव नियुक्त संचालकहरुले गरे सपथ ग्रहण

मिर्मिरे लघुवित्तका नव नियुक्त संचालकहरुले गरे सपथ ग्रहण

काठमाडौं । काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नव नियुक्त संचालकहरुले आज सपथ ग्रहण गरेका छन् । संस्थापक समूहको रिक्त रहेको संचालकमा जनक बोहरा तथा स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरि संचालक समितिले नियुक्त गरेको हो ।

संस्थाको केन्द्रीय कार्यालय बनेपामा संस्थाका अध्यक्ष टेक बहादुर बोहराले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नव नियुक्त संचालक बोहरा सशस्त्र प्रहरी वल बरिष्ठ प्रहरी उपरीक्षक अवकाश प्राप्त हुनुहुन्छ भने प्रविण भट्टराई नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त हुन ।

केन्द्रीय कार्यालयमा विभागिय प्रमुखहरु, कार्यकारी अधिकृतहरु तथा संचालकहरु सञ्जू घिमिरे लगायतले नव नियुक्त संचालकहरुलाई स्वागत गरेका थिए । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष टेक बहादुर बोहराले नयाँ नियुक्त भएका संचालकहरुको लामो समयको अनुभव र क्षमताले संस्थालाई अझ बलियो बनाएर अगाडी बढाउन सफलहुने बताए ।

त्यस्तै नव नियुक्त संचालक द्धय जनक बोहरा र प्रविण भट्टराईले मिर्मिरे परिवारले आफूहरुलाई विश्वास गरेर संचालक समितिमा नियुक्ति दिएकोमा आभारी रहेको र आफ्नो क्षमताले सदैव संस्थालाई अगाडी बढाउन सहयोग रहने बताए।

 

No comment yet. Be the first one to comment.