काम नलाग्ने वस्तुबाट सुन्दर सृजना

काम नलाग्ने वस्तुबाट सुन्दर सृजना
पुराना बोतल
बियर, रक्सी वा स्प्रिटका पुराना बोतललाई एक ठाउँमा जम्मा गर्नुहोस् । तपाईं यस्ता बोतलमा पेण्ट पनि गर्न सक्नुहुन्छ । साथै, डोरीले बाँधेर क्याण्डल होल्डर वा घरमा सजावटका लागि प्रयोग गर्न सक्नुहुन्छ । 
 
पुरानो सीडी
 
तपाईंको ड्रयरमा काम नलाग्ने पुराना सीडीहरू थन्किएर बसेका छन् ? यसो हो भने त्यस्ता सीडीलाई एकै ठाउँमा जम्मा गर्नुहोस् । तपाई यसको बीचमा लभ अङ्कित तथा अन्य आकर्षक सामग्री राखेर सजाउन सक्नुहुन्छ । 
 
वाइनको बोतल
 
वाइनका पुराना बोतल जम्मा गर्नुहोस् । अब रङ, ब्रश, गम र पुरानो काठको फ्रेम जुटाउनुहोस् । यसमा तपाईं शिशाको क्रिष्टल, काठका बुट्टा सजाउन सक्नुहुन्छ । साथै, यसलाई आकर्षक रङले पेण्ट गर्न पनि सकिन्छ । 
 
पुराना पत्रिका
 
पुराना पत्रिकाबाट विभिन्न डिजाइनका गिफ्ट ¥यापर बनाउन सकिन्छ । यदि बच्चाका लागि गिफ्ट र्यापर बनाउँदै हुनुहुन्छ भने पत्रिकाको कमिक्स शेक्सन छान्न सक्नुहुन्छ । साथै, साथीभाइका लागि बनाउँदै हुनुहुन्छ भने फेन शेक्सनको पेपर छान्न सक्नुहुन्छ । 
 
पुराना टायर
 
कारका पुराना टायर लिनुहोस् र यसलाई घरको बालकोनीमा सुन्दर फूल राखेको गमला राखेर झुन्ड्याइदिनुहोस् । प्रयोग भइसकेका टायरलाई एकपटक पेण्ट गर्नुहोस् । यसपछि सबैको आँखा यसमा पर्नेछ ।
 
No comment yet. Be the first one to comment.