रामकृष्ण र मेलिनाको स्वरमा रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक

रामकृष्ण र मेलिनाको स्वरमा रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक
काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा आसपासका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।
 
गीतको भिडियो समेत बनेको छ । जसमा गायक ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय समेटिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन छ ।
 
 
 
 
 
No comment yet. Be the first one to comment.