प्लसटुको प्रवेश परीक्षा तयारी अब ‘टुल नेपाल’ एपबाट गर्न सकिने

प्लसटुको प्रवेश परीक्षा तयारी अब ‘टुल नेपाल’ एपबाट गर्न सकिने
काठमाडौं । एसइई सकेर बसेका विद्यार्थीहरू लक्षित ‘टुल नेपाल’ एप संचालनमा आएको छ। ‘टुल नेपाल’ मोबाइल एप हो। जसमार्फत विद्यार्थीले विभिन्न संकाय (विज्ञान, व्यवस्थापन, कानुन, स्टाफ नर्स, एच.ए. इत्यादि) विषयमा प्लसटु भर्ना अघि दिनुपर्ने प्रवेश परीक्षाको तयारी गर्न सक्छन्।
 
टुल नेपाल अथवा टेक्नोलोजी ओरियन्टेड अब्जेक्टिभ लर्निङ नेपाल एक शिक्षण अनुप्रयोगी एप हो। यसको निर्माण तथा संचालन  टेक्नेका टेक्नोलोजी प्राइभेट लिमिटेडको पहलमा भएको हो। 
 
‘टुल नेपाल’ एनरोइड र वेभसाइटमा उपलब्ध छ। यसका प्रबन्धक निर्देशक प्रवेग शर्माका अनुसार छिट्टै यो एप आइओएस प्रयोगकर्तामाझ पनि पुग्नेछ। ुहाम्रो मुख्य उद्देश्य एसइई सकेर बसेका विद्यार्थीहरूलाई प्लसटु भर्नाको लागि तयार गर्नु हो। एपमार्फत विभिन्न संकायमा पढाइ हुनुका साथै परीक्षा पनि लिन्छौं। जसले गर्दा उनीहरूलाई कलेजको इन्ट्रान्स परीक्षा दिन सहज हुनेछ,ु प्रवेगल भने। 
 
एपमा विभिन्न विषयहरूमा गरी १० हजारभन्दा बढी बहु वैकल्पिक प्रश्नहरू (एकसिक्यू) को अभ्यास छ। यो गरेर विद्यार्थहरूले आफैलाई कलेजको इन्ट्रान्स परीक्षाको लागि तयारी गर्न सक्ने उनले बताए। प्रश्नहरूसँगै यसमा हिन्टस्, सलुसन र नोटहरू पनि उपलब्ध छ।
 
‘टुल नेपाल’  एपमार्फत विद्यार्थीहरूलाई आफ्नो शैक्षिक करिअर अनुसार उपयुक्त कलेज छनौटमा पनि मद्दत मिल्ने उनी विश्वास राख्छन्। 
त्यस्तै कुनै कलेजहरूले चाहेको खण्डमा यसै एपमार्फत समेत प्रवेश परीक्षा सञ्चालन तथा विभिन्न सूचनाहरू प्रकाशित गर्न सक्ने सुविधा रहेको छ। 
 
‘टुल नेपाल’  गत वर्षको मे देखि संचालनमा आएको हो। हालसम्मा ३ हजारभन्दा बढी विद्यार्थीसामु जोडिसकेको संचालक प्रवेग बताउँछन्।
 
 
No comment yet. Be the first one to comment.