रिचार्जरले भित्र्यायो अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रले ठुलो संख्यामा किन्यो

रिचार्जरले भित्र्यायो अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रले ठुलो संख्यामा किन्यो

काठमाडौं । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्रान्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।  

ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्रान्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको जनाएको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्रान्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो । 

लोकप्रिय मानिएका ब्रान्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आबिस्कार केन्द्रबाट जाँच पास भएको २ वर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैयाँदेखि १ लाख ८८ हजार सम्ममा उपलब्ध हुने छन् ।  

नेपाली बजारमा कोभिडसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एनजीओ , आईएनजीओ, अस्पताल, बैंक, फाइनानस्, को–अप्रेटिभ, कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजार मूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने जनाएको छ ।  

पल्स अक्सिमिटर, मास्क, सेनिटाइजर, पीपीई सेट, लगायतका सामान रिचार्जर एपमा सस्तो मूल्यमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । एनआईसी एशिया बैकको भिसाकार्ड वाहले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

 

 

No comment yet. Be the first one to comment.