नयाँ वर्षमा रिद्धि सिद्धिको “शिलान्यास रिद्धि सिद्धिसँग” योजना सार्वजनिक

नयाँ वर्षमा रिद्धि सिद्धिको “शिलान्यास रिद्धि सिद्धिसँग” योजना सार्वजनिक

काठमाडौं । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि ल्याएको थियो “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना । यही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष २०७८ को शुभ अवसरमा शिलान्यास गर्न चाहने ग्राहकवर्गलाई सानो भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ । 

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गलाई सिमेन्टको प्रयोग पूर्ववैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना ल्याएको थियो ।

सोही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष २०७८ को शुभ अवसरमा शिलान्यास गर्न चाहने ग्राहकवर्गलाई कम्पनीले दिने पूजा सामग्री सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ ।

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुने र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

No comment yet. Be the first one to comment.