अशोक लेलैण्डको दोस्त प्लस नेपाली बजारमा, बजार मूल्य २० लाख ४० हजार |
काठमाडौं । आईएमई ग्रुप अन्तरगत संचालित आईएमई मोर्टसद्वारा अशोक लेलैण्ड गाडीको ‘दोस्त प्लस’ नेपाल भित्र्याको छ । उक्त सफ्ट लन्च कार्यक्रममा आइएमई मोटर्सले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च गर्नुका साथै टेस्ट ड्राइभ समेत गराएको छ ।
नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको उक्त गाडीको बजार मूल्य भने २० लाख ४० हजार रुपैयाँ रहेको छ । दोस्त प्लस मोडल गाडीमा ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५ ईन्चको टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता रहेको छ ।
उक्त गाडीका प्रोडक्ट ईन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गरेका छन् । साथै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देस्यले क्यासलेस बीमा पोलिसी सुविधा समेत ल्याएको विष्टले जानकारी दिएका छन् ।