कुमारी बैंकका ग्राहकलाई भिजन कार्टको क्लिनिकमा आकर्षक छुट
काठमाडौं । कुमारी बैंकका ग्राहकले बुढानीलकण्ठमा रहेको भिजन कार्टको क्लिनिकमा आकर्षक छुट पाउने भएका छन् । बैंक र क्लिनिकबीच भएको सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई भिजन कार्टको क्लिनिकमा ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट पाउनेछन् ।
साथै, निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइने पनि बताइएको छ । पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने कम्पनीले जनाएको छ ।
२३ वर्षदेखि निरन्तर कुमारी बैंकले बैंकिङ सेवा दिँदै आएको छ । हाल यस बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दैआएको जनाएको छ ।