भक्तपुरका सामाग्री अन्तरराष्ट्रिय बजारमा पुर्याउनुपर्छ ː कार्यबाहक अध्यक्ष मल्ल |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्षा राजेन्द्र मल्लले भक्तपुरका कृषि, हस्तकला, औद्योगिक उत्पादन लगायतका वस्तुहरुलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । भक्तपुर चेम्बर अफ कमर्शको प्रथम साधारण सभा र नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष एंव कार्यबाहक अध्यक्ष मल्लले भक्तपुरलाई पर्यटन, सास्कृतिकसँगै औद्योगिक एंव व्यापारिक दृष्टिले अघि बढाउन अन्तरराष्ट्रिय बजारमा नेपाली सामाग्री पुर्याउनुको विकल्प नभएको बताए ।
उनले नेपालको व्यापार घाटा बढ्दै गएकाले त्यसको निवारणका लागि औद्योगिक एंव व्यापारिलाई अघि सार्न चेम्बर लाग्नुपर्ने बताए । कार्यबाहक अध्यक्ष मल्लले भक्तपुरलाई पर्यटनसँगै आर्थिक वृद्धिको लागि उद्योगी व्यवसायी नै अघि बढ्नुपर्ने बताए । आर्थिक वृद्धिको लागि जलविद्युत, सूचना प्रविधि, प्रतिस्पर्धा क्षमताको वृद्धि गर्नुको विकल्प नभएको उनको भनाई थियो ।
कार्यबाहक अध्यक्ष मल्लले सबै मिलेर पूंजिको लागतमा वृद्धि गरे पनि काममा ढिला सुस्ती, श्रमको समस्या,दक्ष कामदारको अभावको कारणले उद्यगीहरुले आफ्नो लागत भन्दा कममा उद्योगहरु संचालन गर्न वाध्य भईरहेकाले यसको निवारणका लागि अघि बढ्नुपर्ने उनको भनाई थियो ।
कार्यबाहक अध्यक्ष मल्ले समग्र रुपमा शान्ति सुरक्षा,राजनैतिक स्थायित्व,ऐन नियम कानूनमा समयानुकूल परिवर्तन,भ्रस्टाचार मुक्तm प्रशासन श्रमिकहरुको स्थायित्व हुनु नै निजी क्षेत्रको प्रमुख चाहना भएकोले हालै मात्र भएको लगानी सम्मेलनबाट विदेशी लगानी भित्रयाउने र स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने नितीको अवलम्वन हुनु सकेमा लगानी कर्ताहरुको विश्वास बढ्न जाने कुरामा हाम्रो दुई मत नरहेको धारण राखे । आर्थिक विकासका लागि औद्योगिक क्षेत्रको पवद्र्वन गर्न चेम्बर अफ कर्मश तयार रहेको जनाउँदै महिला उद्यमीलाई बढावा दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपालको समग्र आर्थिक विकासकोलागी निजी क्षेत्र र सहकारी क्षेत्र बिच समन्वय र सहकार्यमा सदैंव तत्पर रहि आज भन्दा ६८ बर्ष अगाडी देखि निजी क्षेत्रको शसक्तिकरणबाट मात्र राष्ट्रको समग्र विकास संभव हुने मूलमन्त्रलाई अगिंकार गरि नेपाल चेम्बर अफ कमर्शको स्थापना भएको उनले बताए ।
भक्तपुर चेम्बर अफ कमर्शको कार्य समितिका नयाँ पदाधिकारीालई बधाई एंव शुभकामना दिदै चेम्बरका कार्यकारी अध्यक्ष मल्लले व्यापारका योजना सहित अघि बढ्नुपर्ने बताए । चेम्बरले आर्थिक तथा व्यापारिक गतिविधीहरु अगाडी बढाएर व्यापार मेलाको आयोजना, अन्य मूलुकहरुसंग हुने व्यापार मेलाहरुमा भाग लिने, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान गर्ने जस्ता संम्वन्धलाई विस्तार गर्ने कार्यक्रमलाई अगाडि बढाउंदै आईरहेको कार्यबाहक अध्यक्ष मल्लको भनाई थियो । देशको अर्थ व्यवस्थालाई मजवुत वनाउन राज्यले अगिंकार गरेको उदारिकरण नितिलाई अवलम्बन गरि आर्थिक सवृद्धि कायम गर्ने औद्योगिकीकरणको विकास गरि आयात प्रतिस्थापन गर्ने,निर्यातलाई प्रवद्र्वन गरि आत्मनिर्भरता तिर जानु जरुरी रहेको उनले बताए ।
कार्यक्रममा नेउवासंघ अध्यक्ष, अन्य बिभिन्न संघसस्थाका प्रमुख, प्रतिनिधले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम भक्तपुर चेम्बरका अध्यक्ष नुक्षरत्न मानन्धरको अध्यक्षता भएको थियो । ३ नं प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष कृष्णमान श्रेष्ठले चेम्बरको ईतिहास , महत्व , कार्य र गतिबिधिका बारेमा प्रकाश पारेका थिए ।