टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न
काठमाडौं । टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लाग्रि आधिकारक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रा.लि.ले सो मिट सम्पन्न गरेको हो ।
गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभाग्रिता रहेको थियो ।
लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययाेजना प्रकाश पारेका थिए ।
लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजनाका बारेमा जानकारी दिएका थिए । सो अवसरमा डिलर सञ्चालकहरुले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डन्ष्ट्रियल ब्याट्री समेत लन्च गरिएको ग्रियो । नेपाली बजारमा अब ८५० भीए, १,००० भीए र १,४५० भीएका टाटा ग्रिन स्विच अन होम यपूीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डन्ष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन्।
जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगकाे संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना गरिएको थियो । हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ ।
कम्पनीले वार्षिक रुपमा १४ लाख फोर व्हिलर २४ लाख टु व्हिलर सवारी साधनका लाग्रि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ । यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउँदै आएको छ ।